काठमाण्डौं । लुम्विनी प्रदेश सांसद विमला ओली पुन माओवादीको सम्पर्कमा आएकी छिन । गत शनिवार देखि सम्पर्कविहिन भएकी ओली वुधवार विहान अचानक माओवादी संसदीय दलको सम्पर्कमा आएकी हुन । वुधवार माओवादीको सम्पर्कमा आएकी ओलीले आफुलाइ मुख्यमन्त्रीको कार्यालयमा नै राखिएको वताएकी छिन ।
पार्टी कार्यालयमा सम्पर्कमा आएपछि उनी रोएकी थिइन । उनी निकै भावुक पनि भइन । कहिले एमाले त कहिले माओवादी तिर लागेको भनेर उनको वारेमा चर्चा चलिरहदा उनले भने मुख्यमन्त्री कार्यालयमा नै रहेको वताएपछि उनलाइ मुख्यमन्त्री शंकर पोखरेल वा उनकै सचिवालयको निर्देशनमा जवरजस्ती राखिएको हो कि भन्ने आशंका पैदा भएको छ ।
उनका पति उत्तरकुमार ओलीको निधन भएपछि उनी नेकपाबाट चुनाव लडेर निर्वाचित भएकी सांसद हुन । लुम्विनी प्रदेश सरकार विरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट उनी माओवादीको सम्पर्कमा आएकी हुन ।




