रिबन

कार्यक्रम टुङ्ग्याउन गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पनि सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ ।

आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले बताए ।

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ । कार्यदलको बैठक हिजो पनि बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *