राजनीति

भूमि आयोग खारेज, नेपालमै खोप उत्पादनको पहल गरिने

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हो । अघिल्लो सरकारले एमाले नेता देवीप्रसाद ज्ञवाली नेतृत्वको नेतृत्वमा आयोग बनाएको थियो । मन्त्रिपरिषद् बैठकले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

खोप उत्पादक कम्पनीलाई नेपालमै खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय भएको छ । यसैगरी बैठकले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *