रिबन

प्रचण्डलाइ जुम्ली सांसद महतकाे ब्यग्यात्मक ११ सुझाव-यसाे गरे कसाे हाेला ?

काठमाण्डाैं। जुम्लाका सांसद गजेन्द्र सुस्त वाेल्छन तर वेजाेड वाेल्छन।मंगलवार प्रतिनिधिसभामा पनि उनी धेरे वेर वाेलेनन तर जति वाेले वेजाेड वाेले।

सरकार वनेकाे महिना पुग्न लागिसक्याे तर मन्त्रीपरिषद वनाउन यति सकस भएकाे छ कि पार्टीका नेताहरू कसलाइ मन्त्री वनाउने भनेर टाउकाे समाताेर हिंडेका छन।

माअेावादी भित्र मन्त्री वन्न नपाए सुसाइड गर्छु भनेर धम्की दिने देखि पार्टी छाडनु भन्ने सम्मका धम्की,घुर्की,चेतावनी दिइरहेकाे बेलामा जुम्ला जस्ताे ठाउमा प्रतिनिधत्व गर्ने सांसद महतले ११ वटा सुझाव दिएका छन।

पार्टी लाइन भन्दा अलि माथि उठेर उनले ब्यग्य कस्दै सझावकाे पाेकाे फुकाएका हुन।उनका सुझाव यस्ता छन-

१. पार्टीको स्थायी कमिटी सदस्य हुनुपर्ने
२. टन्न पैसा हुनुपर्ने
३. यसअघि कम्तीमा दुई पटक मन्त्री भएको हुनुपर्ने
४. धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने
५. पार्टी नेतृत्वलाई घुर्की, धम्की धाक दिन सक्ने
६. गुटमा आवद्ध भएको हुनुपर्ने
७. भरसक पति, पति नभए पत्नी हुनुपर्ने
८. नेतृत्व वरिपरि घुम्ने र खुशी बनाउन सक्ने खुबी भएको
९. भ्रष्टाचार र कमिसनको दुलाहरु थाहा पाएको
१०. यो सबै थाहा पाएको माननीयलाई मन्त्री
११. संसदमा आइराख्नुनपर्ने, यसो झल्याक झुलुक गरे हुने

मन्त्रीकाे नाम सिफारिश गर्न नसकेर वारम्वार पार्टीकाे वैठक नै स्थगीत गरेका प्रचण्डले संसदमै यस्ताे ब्यग्यकाे सामना गर्नुपरेपछि अब भने मन्त्रीकाे मापदण्ड वनाउलान भन्ने अपेक्षा गर्न सकिन्छ। तर,याे सकस माअेावादीमा मात्र हाेइन,कांग्रेस र अन्य दलमा पनि रहेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *