रिबन

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न विपक्षी दलले बुझाए समावेदन

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन आह्वन गर्न समावेदन गरेका छन् । मंगलरबार अपरान्ह ४:१५ बजे विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरेर प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका हुन् ।

यसअघि विपक्षी दलका ३४ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मुख्मन्त्री शंकर पोखरेललाई सहज निकासका लागि पहल गर्न आग्रह गर्दा पनि उल्टै असंवैधानिक हरकत गरेका कारण अविश्वासको प्रस्ताव दर्ता गर्न र विशेष अधिवेशनको समावेदन गर्न बाध्य भएको विपक्षी दलहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *