देश

ओलीका कारण १४ सांसदले गुमाए आफ्नो पद, भविष्य पनि बर्बाद

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई साथ दिएकै कारण अहिलेसम्म १४ सांसदले आफ्नो पद गुमाउन पुगेका छन् । यसरी पद गुमाउनेमा प्रतिनिधिसभा र प्रदेश सभाका दुवैथरी सांसद छन् ।

ओलीको प्रधानमन्त्रीको कुर्सी बचाउन र विरोधमा लाग्ने सांसदहरूले आफ्नो पदको बलि चढाउन पुगेका हुन् । माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरिशंकर चौधरीको पद ओलीलाई साथ दिएकैले चट भयो ।

यस्तै, कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद पनि ओलीकै कारण जन्मेको बिग्रहले खाएको छ ।

माओबादी केन्द्रका लुम्बिनी प्रदेशका दुई सांसद दधिराम न्यौपाने र दिनेश पन्थीको पनि जागिर गएको छ । ओली निकट मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएपछि माओवादीले न्यौपाने र पन्थीलाई कारबाही गरेको हो ।

लुम्बिनी प्रदेशसभामा जसपाका तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन्।

गण्डकी प्रदेशमा एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिने राजमोका सांसद कृष्ण थापा पनि पदमुक्त भएका छन् ।
यस्तै, सांसद पद गुमाउन सक्ने सूचीमा थप १२ जना प्रतिनिधिसभा सदस्य छन् । जसपा महन्थ ठाकुर पक्षका कार्यकारिणी समितिमा रहेका ६ जना संघीय सांसद नयॉ दल दर्ता गर्ने तयारीमा लागेका छन् । यसो भएमा खोलेमा महन्थ पक्षमा लाग्ने सबै १२ जना सांसद नै चट् हुनेछन्।

यदि एमाले विवाद नमिलेमा र माधव नेपाल पक्षले नयाँ दल दर्ता गरेमा २२ सांसदको भविष्य पनि दाउमा लाग्नेछ । त्यसबेला ओलीले कारबाही नगर्लान् भन्न सकिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *