रिबन

एमाले पसेका छैनाैं भन्ने चार पुर्वमाओवादी नेता स्थायी कमिटी वैठकमा सहभागी

काठमाण्डाैं।माओवादी पार्टी छाडेका चार पुर्व सांसद एमाले प्रवेश गरेकाे छैन भनेर दावी गरिरहदा स्थायी कमिटीकाे वैठकमा भाग लिएकाे खुलेकाे छ।

सर्वाेच्च अदालतमा हामी एमाले पसेकाे छैन भनेर लिखित निवेदन वाेकेर सांसद पद कायम गरिपाउँ भन्दै उनीहरू पुगेका थिए।सांसदहरू टाेपवहादुर रायमाझी,लेखराज भटट,प्रभु साह र गाैरीशंकर चाैधरी याे निवेदन वाेकेर सर्वाेच्च अदालत पुगेका हुन।

यी चार जना मध्ये एमाले स्थायी समितिमा समेत रहेका भटट र रायमाझी भने साेमवार वसेकाे एमालेकाे स्थायी समितिकाे वैठकमा पुगेका थिए।स्थायी समितिमा रामवहादुर थापा वादल पनि छन तर उनी राष्ट्रियसभा चुनावमा पराजित भएकाे हुदा सांसद छैनन।

माओवादी छाडेपछि यी चार जना सांसदलाइ माउ पार्टीले कारवाही गरेकाे थियाे।यसपछि दल त्याग सम्वन्धी कानुन अनुसार उनीहरूकाे सांसद पद निलम्वन भएकाे छ।अदालत पुगेर भने उनीहरूले दल नै नत्यागेकाे जिकिर गरेका छन।चार जना पुर्वसांसदले दिएकाे निवेदनकाे वारेमा साेमवार नै सर्वाेच्च अदालतमा सुनुवाइ भएकाे थियाे तर अदालतले यसवारेमा कारण देखाउ आदेश जारी गरयाे।निवेदकहरूले मागेजस्ताे अन्तिम आदेश जारी गरेन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *