काठमाण्डाैं।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले सभापति उम्मेदवारी दिने पक्का गरेका छन। कहिले काेइराला परिवारकाे साझा उम्मेदवार त कहिले वीपी,गणेशमान र विमलेन्द्र नीधिका पुत्रहरूकाे विचमा सहमति भन्ने कुराले उनी उम्मेदवार हुन्छन वा हुदैनन भन्ने सवाल खडा गरेकाे थियाे तर साेमवार उनले युवा नेताहरूसंग अर्न्तक्रिया गरेर अव सभापतिमा उठने घाेषणा गरेका छन।
कांग्रेस महामन्त्री हुदा राम्राे काम गर्न नसकेकाे भनेर उनकाे वारेमा तिखाे टिप्पणी हुने गरेकेा छ।यसका वावजुद करिव डेढ दर्जन युवा नेतालाइ वाेलाएर उनले सभापति उठने र महाधिवेशनमा युवालाइ समेटेर टिम वनाउने वचन दिए।
उनले साेमवार डाकेकाे वैठकमा काेइरालासंग महामन्त्रीमा हारेका युवा नेता गगन थापालाइ समेत निम्त्याएका थिए।याे वैठकमा महामन्त्री डा.काेइरालाले काेइराला परिवार अन्य नेताहरू पनि सभापतिमा उठन लागेकाे वताए तर उनीहरू सवैलाइ समेटेर लैजान सक्ने खुवी अाफुमा भएकाे उनले वताए।
अहिले सभापतिकाे लागि ७ जना भन्दा बढी उम्मेदवार देखा परिसकेका छन।डा.काेइरालाका दाजु डा.शेखरले पनि सभापतिमा उठने घाेषणा गरिसकेका छन।उनले एकपटक मात्र सभापति लडछु भनेर भनेका छन।
शशांक पनि उठने पक्का भएपछि काेइराला परिवारभित्रैबाट दुइ जना उम्मेदवार हुने भएका छन। काेइरालाले वाेलाएकाे वैठकमा गुरू घिमिरे,धनराज गुरूङ,कल्याण गुरूङ,कमला पन्त,वद्र पाण्डे लगायतका युवा नेता थिए।उनले देउवा पक्षका युवालाइ भेन वाेलाएका थिएनन।




