राजनीति

एमालेले गठन गर्‍यो ९ विभाग, माधव समूहले के गर्ला ?

काठमाडौं । नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज (सोमबार) बसेको स्थायी कमिटीको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको हो ।

एमालेले सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको छ । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको प्रवक्ता ज्ञवालीको भनाई छ । विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । प्रवक्ता ज्ञवालीले आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने जानकारी दिए ।

स्कुल विभाग प्रमुखमा ओली
एमालेले ९ वटा विभाग बनाएको छ । बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रवद्र्धन विभाग, स्कुल विभाग, विदेश विभाग लगायतका रहेका छन् ।

माधव समूहले के गर्ला ?

एकता नै अप्ठ्यारोमा पर्ने गरी पार्टी अध्यक्ष ओलीले गतिविधि गरेको भन्दै माधव नेपाल समूह आज दिउँसो २ बजे छलफलमा जुटेको थियो । एमाले स्थायी समितिले गरेको निर्णयलाई काउन्टर दिने गरी निर्णयमा पुग्ने माधव समूहको तयारी छ । यद्यपि साँझसम्म माधव समूहबाट कुनै निर्णय बाहिर आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *