रिबन

मन्त्री टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीबारे टुगो लगाउन आज नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।आज अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको २१ दिन बित्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन् । विशेषत माओवादीले मन्त्री छान्न नसकेको र नेकपा एमालेको माधवकुमार पक्ष सरकारमा सामेल हुने/नहुनेबारे निर्णय दिन नसक्दा मन्त्रीपरिषद् अपूर्ण बनेको हो ।

आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो। सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन्। माओवादीले ७ मन्त्रालय पाउने भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *