काठमाण्डाैं।नेकपा एमालेकाे वैठकले पार्टी एकिकृत वनाउने निर्णय गरेकाे छ।आइतवार वसेकाे वैठकले अब पार्टी एकतावद्ध,एकढिक्का वनाउने निर्णय गरेकाे हाे।वैठकपछि पार्टीका निर्णय सुनाउदै महासचिव इश्वर पाेखरेलले पार्टी एकतावद्ध वनाउने जानकारी दिए तर उनले सहमतिकाे नाउमा दुइ अध्यक्ष राख्नै नसक्ने वताए।
महासचिव पाेखरेलले पार्टीलाइ थप सुदृढ वनाउने वताइरहदा वैठक छाडेर तुल्सीलाव अमात्य प्रतिष्ठानमा भएकाे कार्यक्रमलाइ सम्वाेधन गर्न गएका अध्यक्ष अेालीले भने मन फुकाएर वरिष्ठ नेता माधव नेपाललाइ गाली गलाैज गरेका छन।उनले वरिष्ठ नेता नेपाललाइ वेशरम भनेका छन।उनले अझ अघि वढेर नेकपा स्वार्थी र पदलाेलुपमानिसहरूले षडयन्त्र गरेर फुटाएकाे वताएका छन।
अध्यक्ष अेालीले माधव समुहलाइ भनेकाछन-आफनै पार्टीकाे सरकार ढालेर विपक्षी गठवन्धनमा पुगेर वेशरम काम गरेका छन।कम्युनिष्ट आन्दाेलन भित्र यस्ता दुखद पात्र र प्रवृत्तिहरू छन।यस्ताबाट पार्टीलाइ वचाउनुपर्छ।




