काठमाण्डौं । नेकपा माओवादी केन्द्रले दार्चुलाको महाकाली नदी माथिको तुइन काटेर गम्भीर गल्ती गरेको वताएको छ ।
आइतवार वसेको स्थायी कमिटीको वैठकले तुइनबाट नदी पार गरिरहेका जयसिंह धामी वेपत्ता हुनेगरि भएको यस काण्डमा गम्भीर आपत्ति जनाउन र भारतसंग गम्भीर सम्वाद गर्न माओवादीले भनेको छ ।
स्थायी कमिटीको वैठकपछि वैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन । उनले यसवारेमा सम्वाद गर्न विलम्व नगर्न माग गरेका छन ।




