काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि एमाले वरिष्ठ नेता माधव नेपाललाइ भेटेका छन ।
उनले आइतवार कोटेश्वर पुगेर नेता नेपाललाइ भेटेका हुन । उनले नेता नेपाललाइ भेटेर सरकारमा सहभागीताको वारेमा मनाउन कोशिश गरेका छन ।
माधव नेपालले सरकारमा जाने वा नजाने भन्नेवारेमा कुनै प्रष्ट धारणा नवनाउदा सरकारले पुर्णता पाउन सकको छैन ।सरकारमा सहभागी भएको खण्डमा माधव समुहलाइ ६ जना मन्त्रीपरिषद सदस्य दिने सहमति छ । तर,सरकारमा जाने वित्तिकै पार्टी फुटने भएकोले के गर्ने भन्नेवारेमा माधव अनिर्णित छन । अध्यक्ष दाहालले आज भेटेर सरकारमा आउन आग्रह गरेका छन ।
तर,नेता नेपालले अझै केही दिन हेर्ने वताएका छन। यहि विचमा नेता नेपालको पार्टी एकताको लागि बल गर्न दोस्रो तहका नेताले दवाव दिइरहेका छन,यो दवावले उनी पार्टी फार्ने कि के गर्ने भन्ने अन्योलमा छन ।
माधव पक्षले सहमति जनाएमा सोमवार नत्र वुधवारसम्म मन्त्रीपरिषद विस्तार गर्ने सरकारको तयारी छ ।




