रिबन

ओलीको वालकोटवाणले माधव खुत्रुक्कै !

काठमाण्डौं । नेपाली कांग्रेस नेतृत्वको सरकारलाइ पाच दलको समर्थन छ । संसदमा १६५ स्थान पाएको देउवा सरकार ३ वटा वाम घटक र एउटा मधेशी दलको समर्थन छ । तर,सरकार वनेको १९ दिन वितिसक्दा पनि नेकपा माओवादी केन्द्र वाहेक वाकी कुनै दलले न मन्त्रीपरिषद सदस्य दिएका छन न सरकारमा जादैनौं भनेर प्रष्ट रुपमा भनेका छन ।

पाच दलिय गठवन्धनको नाम रहेको यो सरकारमा नजाने भनेर चित्रवहादुर केसीको राष्ट्रिय जनमोर्चाले प्रष्टसंग भनेको छ । तर,एमालेको असन्तुष्ट माधव नेपाल समुहको अलमलले सरकार न हाँसको चाल न वकुल्लाको भएको छ । माधव समुहको यतिञ्जेल सरकारलाइ समर्थन छ तर उनले न सरकार जान्न भन्न सकेका छन न जान्छौं भनेर सदस्यलाइ मन्त्रीमण्डलमा पठाएका छन । माधवको यहि अलमलले देउवासरकार जनताको चाहना अनुसार,काम गर्ने अवस्थामा समेत पुग्न सकेको छैन ।
माधव नेपाल समुहको कुरा प्रष्ट नहुदा आज मात्र पनि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर नेता नेपाललाइ भेटेका छन । यो उनको पहिलो भेट होइन । पटक पटक मन्त्रीमण्डल वनाउने भनेर मिति निधो गरेर पनि माधवकै अलमलले रोकिएको छ । उनको लागि देउवा र यो पाचदलिय गठवन्धनले ६ जना मन्त्रीको स्थान सुरक्षित गरेको छ ।

तर मन्त्रीमण्डलमा सामेल भएको दिन पार्टी फुटेको औपचारिक घोषणा हुने ठानेर माधव सरकारमा जाने हिम्मत गर्न सकिरहेका छैनन । उनको यहि वाध्यतालाइ वुझेर अध्यक्ष केपी ओलीले पार्टी एकताको पासो फयाकिरहेका छन ।

माधव जति अलमलमा पर्छन यसबाट ओलीलाइ दुइवटा फाइदा हुनेछ । एक,माधवतिरका युवाहरु ओलीतिर आकर्षित हुनेछन,माधव अनिर्णयको वन्दी भएर भनेर । दुइ,उनको अलमलले सरकार नै पंगु हुनेछ र विस्तारै जनतामा ओलीप्रतिको आक्रोश कम हुदै जानेछ । यहि अस्त्रवाण वालकोट वसेर ओली अहिले प्रयोग गरिरहेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *