रिबन

दिल्लीबाट फर्केलगत्तै विमलेन्द्र सक्रिय, शनिबार चाक्सीबारीमा के भयो ?

काठमाण्डाैं।कलकत्ता भनेर दिल्ली पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि काठमाण्डाैं फर्केलगत्तै भेटघाटमा जुटेका छन।

महाधिवेशनकाे संघारमा पुगेकाे कांग्रेस पार्टीकाे सभापतिका आकांक्षी निधिले स्वेदश फर्केलगत्तै प्रकाशमान सिहकाे निवास चाक्सीवारीमा महामन्त्री डा.शशांक काेइराला सहित छलफल सुरू गरेका छन।

छापामार शैलीमा दिल्लीमा पुगेका निधि वागडाैरा हुदै नेपाल पसेका हुन।यहाबाट नेपालकाे पुर्वीनाका निकै छाेटाे पर्छ।

महाधिवेशनमा यसपटक चाहे जस्ते अवस्था भएपनि सभापति उठेरै छाडने उनकाे अडान छ।

चाक्सीवारीमा डा.शशांक,प्रकाशमान र निधिले के छलफल गरे भन्ने कुरा सार्वजनिक गरेका छैनन तर उनीहरू महामन्त्री समेत रहेका डा.शशांकलाइ सभापतिकाे उम्मेदवारबा पछि हटाउने तयारीमा छन।पाच बर्ष महामन्त्री भएर र ३ पटक सांसद भएर काम गर्दा पनि उनकाे कुनै भुमिका नदेखिएकाे भन्दै वीपीपुत्र डा.काेइरालालाइ पछि हटन र अन्य उम्मेदवारलाइ सहयाेग गर्न दवाव परेकाे छ।

तर,डा.काेइरालाले अहिलेसम्म यसवारेमा मुख खाेलेका छैनन।

यि तिनै जना कांग्रेसका हाेनहार नेताका पुत्र हुन।महाधिवेशनकाे एजेण्डा भन्दा पनि यसमा नेतृत्व हत्याउने तिनै जनाकाे दाउ छ तर यतिका बर्षसम्म सभापति देउवाकाे प्रियपात्र भएर वसेका निधिलाइ अहिले अन्य उम्मेदवारले पत्याइहाल्ने अवस्था भने छैन।

तिन राजकुमारले सहमतिकाे लागि काेशिश गरिरहदा तिन काेइरालकाे विचमा पनि सहमतिकाे काेशिश जारी छ।यसपटक मुन्नु अर्थात डा.शशांकले शेखरलाइ छाडदिए हुन्थ्याे भन्ने काेइराला परिवार र आचार्यखलकाे समेत दवाव तिव्र हुदै गएकाे छ।तर डा.शशांक भने टसमस भएका छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *