काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले अब कसैले पनि फेरि प्रधानमन्त्री बन्छु कि भनेर जालझेल नगर्न चेतावनी दिएका छन् ।
आफु निकट विद्यार्थी संगठनले राजधानीमा गरेको बृहत अखिल फोर्स भेलालाई सम्बोधन गर्दै नेता नेपालले यो सरकारले राम्रो काम गर्नुपर्ने बताए । उनले भने, ‘संविधान र प्रतिनिधिसभा रक्षाका लागि सांसदाहरुले भोट खसालेर यो सरकार ल्याएको छ, त्यसैले यो सरकारले राम्रो काम गर्नुपर्छ ।’ उनले अब प्रतिनिधिसभा कसैले पनि विघटन गर्ने दुष्साहस नगर्न चेतावनी पनि दिए । ‘फेरि प्रधानमन्त्री बन्छु कि भनेरै कसैले जालझेल नगरोस्’ उनले भने ।
वरिष्ठ नेता नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् । रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि नेता नेपालले चेतावनी दिए । ‘राजतन्त्र फेरि ल्याउने कसैले दुस्साहस गर्छ भने तिनिहरुलाई ईतिहासको कुडाकर्कटमा फलिनेछ सँधै सँधैको निम्ति ।’ उनले अघि भने– ‘यो देशको हितमाथि कुठाराघा गर्ने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै हकमा छुट दिन सकिँदैन । हामिले रगत पसिना बगाएर ल्याएको संविधानलाई कसैले कुल्चिने काम नगरोस्’ नेता नेपालले चेतावनी दिए ।
सर्वोच्च अदालतले गरेको फैसलाले लामो समयदेखि गलत बाटोमा बगिरहेको देशसलाई ठिक बाटोमा ल्याउने काम भएको उनको भनाई छ । ‘यो संविधानको संरक्षण भएको छ । सही ब्याख्या गरिएको छ । गलत कमदलाई सच्याउने काम भएको छ, सर्वोच्च अदालतप्रति हामी सम्मान जाहेर गर्न चाहान्छौँ’, उनले भने ।
यस्तै नेता नेपालले प्रधानमन्त्री देउवालाई भने– ‘खोप प्राथमिक्ताका लागि सबै कुरालाई सहज बनाउनुहोस्, सारा निमुखा, गरिब परिवारहरुसम्म पनि खोपको पहुँच पुगोस्, सबैले सुरक्षित महसुस गरुन् ।’ नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ ।
नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन् । सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्नका लागि पनि ध्यानाकर्षण गराए । नेता नेपालले सरकारले भारतसँग उक्त विषयमा कुरा उठाउन भनेर ध्यानाकर्षण गराएका हुन् । शुक्रबार महाकाली तर्ने क्रममा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकालीमा बगेका थिए ।




