रिबन

यादव जसपाको संसदीय दलको नेतामा चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले संसदीय दलको नेतामा सर्वसस्म्मतले चयन गरेको हो।

बाबुराम भट्टराई प्रस्तावक र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेतामा चयन भएको जसपा सांसद मोहम्मद इस्तियाक राईले बताए। साथै जसपाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा छिट्टै जाने तयारी समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *