१,
पौडी खेलेको
थाकेको मन भारी
किनारामा उत्रँदै ।
आशा गर्दैमा
सबै पूरा हुँदैन
पालो कुर्दै बसेको ।
२,
अँध्यारो रात
मडारेको समय
उज्यालोले लडायो ।
मन खुम्चिँदा
लथालिङ्ग बनेर
जिस्क्याउँछ आफ्नैले ।
३,
फोहर मैला
गनाउने चरित्र
पन्छाउन खोजेको।
गलत सोच
मस्तिष्कमा रुमल्दा
आत्माघाती उम्रेको ।
४,
अटेर बनी
अल्छी गरी बस्दामा
समयले लछार्यो ।
आफ्नै अडान
जीवन छुट्याउँदा
भाग्य बन्यो दाहिने ।
५,
शान्त समय
मेघ बन्दै गर्जिँदा
उडेको सातो पुत्लो ।
भय त्रासमा
धुकधुकी आवाज
सास फेर्न अप्ठ्यारो ।
६,
इन्द्रेणी रङ
तन्केर लम्बेतान
देखेको मस्त रुप ।
सात रङमा
रेखाङ्कन गरेर
फिँजिएको हावामा ।
७,
दैविक शक्ति
आगोको राप कुल्ची
नाचेको उफ्रीउफ्री ।
अचम्म लाग्ने
जस्ताको तस्ताै नै
सद्भे खुट्टा पैतला ।
८,
बुझ्नु पर्दछ
सक्रिय समयमा
कर्मको फल मिठो ।
चलाख बन्दै
छेउकुना ढुक्दामा
जुरेको फलिफाप ।
९,
खुम्चेको मन
बितेका अतीतले
पाठ बन्दै सिकायो ।
निस्केको जोस
भुल सुधार गर्दै
साच्चिँदै अघि बढ्दै ।




