१,
गाढा सम्झना
आँत्तिदा फुस्किएछ
टुक्रै निस्केको !
२,
अँगालो मार्दा
झर्किहाल्ने सम्झना
जिब्रो निकाल्दै !
३,
रनक्क तात्दा
पसिनै आइहाल्ने
दह्रो सम्झना !
४,
मह चाटेको
फूलको गन्ध झर्दा
चिप्लो सम्झना !
५,
भित्री सम्झना
कोचेर लुकाएको
पुरानो माया !
६,
लखेट्ने बानी
लतारेको सम्झना
भूइँमा दाग !
७,
चिनेको आँखा
सम्झना पुरानो रे
टाल्नु परेको !




