रिबन

भारतीय एसएसवीले तुइन काटदा दार्चुलावासी गायव भएपछि कांग्रेसले माग्याे सरकारसंग जवाफ

काठमाण्डाैं। भारतीय एसएसवीले अचानक चलिरहेकाे तुइन काटदा वेपत्ता भएका दार्चुलाका स्थानीय अवस्था सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारसंग माग गरेकाे छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा शुक्रवार वक्तब्य जारी गर्दै याे घटनाकाे यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन। अहिले पाच दलिय गठवन्धनकाे नेतृत्व गर्दै नेपाली कांग्रेस नै सरकारमा रहेकाे छ।

भारतकाे उत्तराखण्डबाट दार्चुलाकाे खलंगा प्रवेश गर्ने क्रममा महाकालीनदी माथिकाे तुइन भारतीय एसएसवीले काटिदिदा नदी तरिरहेका नेपाली युवा वेपत्ता भएका छन।

नदी तर्ने क्रममा ३५ बर्षिय युवा जयसिंह धामी वेपत्ता भएका हुन।कांग्रेसले यसवारेमा भारतीय पक्षसंग सम्वाद गर्न र नागरिककाे जिउधनकाे रक्षा गर्न माग गरेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *