राजनीति

लुम्बिनी प्रदेशमा जसपाका ३ मन्त्रीको सांसद पद गुम्यो

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । उनीहरुलाई प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै पदमुक्त गरेको जानकारी दिएको हो ।

पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा ९उपेन्द्र यादव पक्ष०को ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेका थिए । यही कारण जसपा कार्यकारिणी समितिको बैठकले असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको थियो ।

रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उनलाई कारबाही गरिएन। तर, बाँकी तीन जनाले त्यो बेला स्पष्टीकरण दिए पनि त्यसपछि पनि सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *