राजनीति

नयाँ मापदण्ड बनाएर कांग्रेस क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुग्याइने

काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको छ ।

शुक्रबार पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४/४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार पाँच दिनभित्र यो टुंगाइने छ । बैठकले महाधिवेशनको नयाँ कार्यतालिका भने बनाएको छैन । सभापति शेरबहादुर देउवाले विवाद टुंगो लगाएपछि मात्र तालिका बनाउनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *