रिबन

विप्लव किन नेताको घर–घर धाइरहेका छन ?

काठमाण्डौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अचेल ठुला साना सवै खालका नेताहरुको घर धाइरहेका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि महन्थ ठाकुरसम्मलाइ उनीहरुले भेटिसकेका छन ।

प्रधानमन्त्री हुदा केपी ओलीलाइ मात्र होइन सरकारबाट हटेपछि एमाले महासचिव इश्वर पोखरेलसम्मलाइ पनि उनीहरुले भेटिसकेका छन । कम्युनिष्ट पार्टीको यो दौडधुपलाइ कतिपयले भैलोका संज्ञा दिएका छन भने राजनीतिक चेत भएकाहरुले भने यो परामर्शको अर्थ खोज्ने र खोतल्ने कोशिश गरिरहेका छन ।
तर खासमा विप्लव समुह किन यसरी दौडधुपमा छ त ? उसले चाहेको के हो ? यो प्रश्न भने गम्भीर छ । विप्लव समुहले सरकारसंग तिन वुदे सहमति गरेपछि खुल्ला राजनीति गरिरहेको छ । तर,सहमतिको महिना दिन भित्र थुनामा रहेको नेता र यिनलाइ लगाइएको मुद्धा एक साथ खारेज हुन सक्छ भन्ने लागेको थियो तर तत्कालिन सरकारले नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र वास्तोला वाहेक कसैलाइ पनि छाडेन ।

बरु अहिले अदालती प्रक्रियाबाट हेमन्त प्रकाश ओली,माइला लामा लगायतका एक दर्जन नेता छाडिएका छन । चन्द समुहले सहमति अनुसार महिना दिन नेता कार्यकर्ता नछुटेपछि तत्कालिन सरकारलाइ शंका गर्न थालेको थियो । ओली सरकारले महिना दिनमा वन्दी छोडिने आशा गरेको थियो । तर फागुन २० मा सहमति भएपनि अहिलेसम्म कसैलाइ छाडिएको छैन ।

चन्द समुहलाई जेलमा रहेका नेता नछाडिएको मात्र होइन,उनीहरुलाइ गम्भीर मुद्धा चलाउन थालिएको पाएपछि भने गम्भीर भएको छ । चन्द समुहका एक नेताका अनुसार,वन्दीलाइ यस्ता मुद्धा लगाइएका छन कि ती मुद्धा हेर्दा उनीहरु सरकारबाट मात्र होइन,अदालतबाट समेत छुटन मुश्किल छ ।

तर ओली सरकारसंग सहमति पछि कुनै पनि नयाँ सदस्यलाइ भने समातिएको छैन । अहिले नेताको घर घरमा पुगेर विप्लव समुहले आफनो राजनीतिक एजेण्डा वुझाउने मात्र होइन,जेलमा रहेका नेता तथा कार्यकर्तालाइ रिहाइको माग गर्न थालेका छन । र,उनीहरु अब वृहद कम्युनिष्ट एकताको कुरा पनि गर्न थालेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *