काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ । देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद ५ दिनभित्र निर्णय लिने जिम्मेवारी केन्द्रीय तहका नेताहरुलाई तोकेको हो ।
बैठकपछि जानकारी दिँदै नेता रमेश लेखकले केन्द्रीय तहका नेताहरुले क्रियाशील सदस्यता विवाद, अन्य पार्टीबाट आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा ५ दिनभित्र निर्णय दिने बैठकले निर्णय गरेको बताए । क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले छानविन मापदण्डअनुरुप नै प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।
केन्द्रीय महाधिवेसनको मिति प्रभावित नहुने गरी नै सदस्यताको विवाद टुंगो लगाउने नेता लेखकको भनाइ छ ।




