राजनीति

पूर्वमाओवादी नेताको रिटको सुनुवाइ न्यायाधीश कार्कीको एकल इजलासमा

काठमाडौं । पूर्वमाओवादी केन्द्रका नेताहरुले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश दीपक कुमार कार्कीको इजलासमा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यमा पुनःवहालीको माग गर्दै पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतले रिट दायर गरेका थिए ।

चार जना नेताहरुको रिटमा सुनुवाइका लागि न्यायाधीश कार्कीको एक इजलासमा पेशी तोकिएको छ । उनीहरुले आफूहरु नेकपा एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि चार जना नेताले एमालेमा रहने निर्णय गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *