काठमाण्डाैं। माओवादी छाडेर नेकपा एमालेतिर लागेका चार जना नेताले पुन सांसद हुन पाउँ भन्दै सर्वाेच्च अदालतमा पुगेगका छन। नेकपा माओवादी केन्द्रका तर्फबाट सांसद भएका नेताहरूले साे पार्टी परित्याग गरि एमाले पसेपछि उनीहरूलाइ माओवादीले सांसदबाट हटाएकाे थियाे।
सांसदबाट च्युत हुन पुगेका तत्कालिन माओवादी नेताहरू टाेपवहादुर रायमाझी,लेखराज भटट,प्रभु साह र गाैरीशंकर चाैधरीले याे निवेदन दिएका हुन।
गत साता मात्र नेकपा माओवादी भन्ने पार्टी नै अवैध भयाे भनेर अदालतमा पुगेका रायमाझी सहितका नेता यतिवेला भने सांसद हुन पाउँ भनेर निवेदन वाेकेर अदालतमा पुगेका हुन।
चार जना नेताले संविधानकाे धारा १३३काे उपधारा २ र ३ वमाेजिम सांसद पद पुर्नवहालीकाे लागि रिट मागेका हुन।
अदालतमा रिट निवेदन वाेकेर पुगेका नेता टाेपवहादुर रायमाझीले आफुहरूले माअेावादी पार्टी परित्याग गरेकाे तर विधिवत रूपमा एमाले नभइसकेकाे भन्दै अब कहाँ जाने भनेर दुख पाेखेका छन।




