राजनीति

दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न माधवलाई २२ सांसद्को सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद्ले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् ।

बुधबार नेपालले आफूलाई साथ दिएका सांसद्हरुसँग सामूहिक परामर्श गर्दै अध्यक्ष केपी शर्मा ओलीबाट दोस्रो अध्यक्ष बन्न प्रस्ताव आएको भन्दै उक्त प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा सुझाव मागेका थिए ।

उनीहरुमध्ये अधिकांशले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर माधव नेपालको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सहभागी सांसद् मेटमणि चौधरीले ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्ताव पनि कपटपूर्ण भएको भनेर सांसद्हरुले सुझाव दिएको बताए । चौधरीले भने, ‘हामीले दोस्रो अध्यक्ष अस्वीकार गर्न सुझाएका छौँ, ओलीले पदलोलुप देखाउन उक्त प्रस्ताव गरेको हाम्रो विश्लेषण रह्यो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *