राजनीति

सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र बनेपछि चारैजना माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त गरिएको थियो । सांसद पदबाट मुक्त भएको तीन महिनापछि पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *