काठमाडौं । जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ।
आज दिउँसो १ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जनाएका छन्। उनका अनुसार आजको बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिने भएको छ ।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाट महन्थ ठाकुरसहित १६ जनालाई हटाइएको छ। उनीहरुको ठाउँमा आज नयाँ सदस्य थप्न बैठक बस्न लागेको हो। जसपाको आधिकारिकताका लागि सनाखत गर्दा यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए। रेशम चौधरी तटस्थ बसेका थिए।
बुधबार बसेको बैठकले ठाकुरसहित १६ जनालाई हटाएको हो। तटस्थ बसेका चौधरीलाई भने नहटाइएको बुझिएको छ ।




