रिबन

राष्ट्रपतिद्धारा दुइ जना प्रदेश प्रमुख हटाएर नयाँलाइ निुयक्ति

काठमाण्डाैं।राष्ट्रपति विधादेवी भण्डारीले दुइ वटा प्रदेश प्रमुखलाइ नियुक्त गरेकी छिन।मन्त्रीपरिषदकाे सिफारिश अनुसार,गण्डकी प्रदेश र लुम्वनी प्रदेशमा नयाँ प्रदेश प्रमुखलाइ उनले नियुक्त गरेकी हुन।

नेपालकाे संविधानकाे धारा १६३ काे उपधारा २ वमाेजिम उनले लुम्विनी प्रदेशमा अमिक शेरचन तथा गण्डकी प्रदेशमा पृथ्वीमान गुरूङलाइ नियुक्त गरेकी हुन।

शेरचन नेकपा माअेावादी केन्द्रका नेता हुन भने गुरूङ कांग्रेस पुराना निष्ठावान वाैद्धिक नेता हुन। शेरचन दाेहरिएर प्रदेश प्रमुख भएका हुन। यसरी नियुक्ति पाएका दुवै जना जनजाति नेता हुन भने दुवैकाे हालकाे बसाेवास चितवन जिल्ला रहेकाे छ।

यसअघि राष्ट्रपति भण्डारीले अघिल्लाे सरकारले प्रदेश प्रमुम भनेर नियुक्त गरेकाे लुम्विनी प्रदेशका धर्मनाथ यादव र गण्डकी प्रदेशकी सिता पाैडेललाइ पदमुक्त गरेकी थिइन।

लुम्विनी प्रदेशकाे प्रमुख परिवर्तनकाे संकेत पाउने वित्तिकै यस प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले संसदमा विश्वासकाे मत लिने घाेषणा मंगलवार नै गरेका छन।।उनकाे साथमा वहुमत सांसद अपुग छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *