काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी गराएका हुन् । उनले बिहानमात्र वरिष्ठ नेपालसँग भेट गरेका थिए ।
स्रोतका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइने तयारी गरिएको छ ।
यस्तै नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।




