रिबन

कांग्रेस पदाधिकारी वैठकमा यस्ताेसम्म भयाे,कल्याण गुरूङले मागे सभापतिकाे लागि भाेट

काठमाण्डाैं।नेपाली कांग्रेसकाे पदाधिकारी वैठकमा केन्द्रिय सदस्य कल्याण गुरूङले अनाैठाे काम गरेका छन । उनले पार्टी सभापति शेरवहादुर देउवाकाे निवास वुढानिलकण्ठमा वसेकाे पदाधिकारी वैठकमा अबकाे महाधिवेशनमा सभापति उठने जानकारी मात्र गराएनन,यसकाे लागि भाेट समेत मागेका छन।

मंगलवार विहान सभापति निवास वुढानिलकण्ठमा पदाधिकारी वैठक वसेकाे थियाे। साे वैठकमा पार्टीकाे क्रियाशील सदस्यकाे छानवीन गर्न गठन गरेकाे समितिले प्रतिवेदन वुझाएकाे थियाे।यसमा समितिका सदस्य कल्याण गुरूङले फरक मत राखेका छन।यहि वेलामा उनले सभापतिकाे लागि उम्मेदवार भएकाे जानकारी पदाधिकारीलाइ गराएका थिए।

वैठकमा पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी थिए।वैठक दस बजे भनिएपनि ११ बजे सुरू भएर १ बजे सकिएकाे थियाे। वैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, कोषाध्यक्ष सीता देवी यादव,पार्टी प्रबक्ता विश्वप्रकाश शर्मा,पुर्व उपसभापति गोपालमान श्रेष्ठ, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाणं, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रिय सदस्य अर्जुनरसिंह के.सी, केन्द्रिय सदस्य डा.मिलेन्द्र रिजाल, केन्द्रिय सदस्य रमेश लेखक, केन्द्रिय सदस्य डा.रामशरण महत, पार्टीका मुख्यसचिब कृष्ण प्रसाद पौडेल उपस्थित थिए।

वैठकमा मंगलवार सामान्य छलफल मात्र भयाे भने यसवारेमा वृहद छलफल वुधवार ११ बजे हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *