रिबन

साझा पार्टी विभाजनकाे वाटाेमा,मिश्रलाइ युवा नेताकाे प्रश्न-स्वर्ग जाने कि नर्क ?

काठमाण्डाैं।परम्परागत राजनीतिक दलले देशकाे मुहार परिवर्तन गर्न सकेनन भनेर खुलेकाे विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले गणतन्त्र नै खतरामा परेकाे भन्दै छापामार शैलीमा पश्चगामी प्रस्ताव राखेपछि हंगामा भएकाे भएकाे छ।पार्टी भित्र सामान्य वहश समेत नगरि उनले अचानक गणतन्त्र खतरामा परेकाे,धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टीका तमाम नेता चकित परेका छन।संयाेजक मिश्रकाे माैखिक नभइ लामाे लिखित प्रस्ताव नै सार्वजनिक भएपछि उक्त पार्टीमा संगठन विभागकाे जिम्मेवारी पाएका केशव दाहालले सामाजिक सञ्जालमा नै असन्तुष्टि पाेखेका छन।साहित्यकार समेत रहेका दाहालकाे राजनीतिक पृष्ठभुमि वामपन्थ थियाे।तर,वामपन्थले देश हाँक्न सक्दैन भनेर साझा पार्टी प्रवेश गरेका दाहालले मिश्रकाे प्रस्तावपछि लेखेका छन- ‘बैकल्पिक राजनीतिको भास्यमा नै विवाद आयो। जन-आन्दोलनको बिन्दुबाट पछाडी फर्किने कि अगाडी जाने भन्ने विवादमा फसियो। स्वर्ग जाने कि नर्क ? भने जस्तो भयो। जानुपर्ने सगरमाथा, ध्यान छ खाडीको।’

उनकाे याे अभिब्यक्तिले नै वैकल्पिक राजनीति गर्छु भन्ने दलमा कति ठुलाे असन्तुष्टि रहेछ भनेर देखाउँछ। तर दाहाल विचलित भएका भने छैनन । उनले अझ अघि लेखेका छन-‘तर केही छैन, विवेकशील साझामा बैचारिक बहस र अन्तरबिरोध खुल्ला भयो। अब धेरै कुराको छिनोफानो होला।’

साझा पार्टीका जिम्मेवार नेता दाहालले अब छिनाेफानाे हाेला भनेर ढुक्कसंग लेखेकाेबाट सहजै वुझन सकिन्छ कि याे पार्टी अब कित्ताकाटकाे वाटाेमा जानेछ।

कुनै समय मनुज चाैधरीकाे नामबाट राजा र राजसंस्थाकाे पक्षमा लेख रचना लेख्ने रवीन्द्र मिश्र २०४६ सालमा प्रजातन्त्र पुर्नवहाली भएलगत्तै भुमिगत भएका मनुजवावु मिश्रका छाेरा हुन।पुर्वपत्रकार मिश्रले यसपटक गणतन्त्र खतरामा परेकाे र राजसंस्थाकाे लागि अनुकुल वातावरण वनेकाे भनेर मनकाे कुरा सार्वजनिक गरेका छन।तर,साझा पार्टीमा अधिकांश युवा पिंढीका प्रजातन्त्रप्रेमी युवा भएकाेले उनीहरू भने अब नयाँ बाटाे वनाउने तयारीमा जुटन थालिसकेका छन।

अवकाे आशा विवेकशील साझा भनेर चुनावमा समेत गएकाे याे दलमा यस्तै वैचारिक समस्या देखिएपछि केही महिना पहिला डा.सुर्यराज आचार्य र मुमाराम खनालले पार्टी परित्याग गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *