रिबन

जेलबाट दौरासुरुवाल लगाएर निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जसपा कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

जसपाको विवाद टुंग्याउन आयोगले बोलाएपछि उनी सोमबार दिउँसो आयोग पुगेका हुन् । दौरासुरुवाल, टोपी र कालोचस्मा लगाएर निर्वाचन आयोग पुगेका चौधरीले सुरुमा जसपा अध्यक्ष महन्थ ठाकुर र त्यसपछि उनले अर्का अध्यक्ष उपेन्द्र यादवसँग भेटेका छन् ।

निलम्बित सांसद रेशम चौधरीले जसपा आफ्नो लागि पक्ष र विपक्ष दुवै भएको बताएका छन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । जसपा को आन्तरिक विवादमा रेशम चौधरी तटस्थ बस्ने भएका छन् । हस्ताक्षर सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफु तटस्थ बस्ने निर्णय गरेको बताएका हुन् । 

आयोगले विवाद मिलाउन हेड काउन्ट गर्ने निर्णय गरेपछि ५१ जनालाई नै आयोग बोलाइएको हो । यादव पक्षमा ३४ जना सदस्यले हस्ताक्षर गरेकाले आयोगले उनको पक्षलाई आधिकारिकता दिने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *