काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद आजै टुंग्याउने भएको छ । आयोगले राजपा र संघीय समाजवादी पार्टीबीच एकता हुँदा कार्यकारिणी समितिमा रहेका सदस्यहरूको हेड काउन्ट गरेर आधिकारिकता विवाद टुंगो लगाउन लागेको हो ।
अहिले निर्वाचन आयोगमा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेताहरू भेला भइसकेका छन् । जसपा नेता मोहम्मद इस्तियाक राईले उपेन्द्र यादव पक्षमा सनाखत गर्नेको संख्या ३५ जना पुग्ने दाबी गरे ।
‘निर्वाचन आयोगमा निवेदक (उपेन्द्र यादव) तर्फ सनाखत गर्न आज ३५ पुग्ने,’ उनले ट्विटमार्फत भनेका छन् ।
यसैबीच, महन्थ र राजेन्द्र महतोको पक्षमा रहँदै आएका मनिष सुमन अन्तिममा आएर उपेन्द्र यादवको पक्षमा खुलेका छन् । निर्वाचन आयोगमा पुगेका सुमनले आफूले जसपामै रहन चाहेको प्रतिक्रिया दिएका छन् ।




