रिबन

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ। बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालबारे परामर्श भएको हो। प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका थिए। जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द्रका दुई मन्त्री छन्। अन्य दलबाट मन्त्री नियुक्त गरिएको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *