रिबन

किन गएनन् अध्यक्ष ओली युथ फोर्सको कार्यक्रममा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघ (युथ फोर्स) काठमाडौं भ्याली कमाण्डर घोषणा तथा सपथग्रहण कार्यक्रम सांसद महेश बस्नेतले निक्कै तामझाम र भड्किलो रुपमा शनिबार आयोजना गरेका थिए । अरिंगलको रानोजस्तै आफूलाई बेग्लै देखाउन कार्यक्रममा सहभागी सबैलाई रातो टिसर्टमा सडकमा हिडाएका थिए भने आफू चाहिँ हाफ सर्ट, स्टाकोट र ढाका टोपीमा प्रस्तुत भएका थिए ।

उनको यो मेहनत बालुवामा पानी हाले सरह भयो । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि बस्नेतको मेहनत खेर गएको हो । स्वास्थ्य समस्या अथवा कुनै भवितव्य घटना भएर अध्यक्ष ओली युथ फोर्सको कार्यक्रममा सहभागी भएका होइनन् । अध्यक्ष ओलीलाई कार्यक्रममा जानबाट रोकिएको हो ।

विभाजनको डिलमा उभिएको नेकपा एमाले मिल्ने तरखरमा छ । सहमतिका वातावरण बन्दै गइरहेको बुझाइ एमाले दोस्रो तहका नेताहरुको छ । यो सहमति छुद्र स्वभावका अध्यक्ष ओलीले बिगार्ने सम्भावना भएकाले कार्यक्रममा जानबाट रोकिएको हो । विशेषतः सुवास नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेलले अध्यक्ष ओलीलाई युथ फोर्सको कार्यक्रममा जानबाट रोकेका हुन् ।

भिड देखेपछि बहकिने स्वभावका अध्यक्ष कार्यक्रममा गएर माधव नेपाल र झलनाथ खनाललाई मुखमा आएजति गाली गर्ने सम्भावना थियो । तर दोस्रा तहका नेताहरुले अध्यक्ष ओलीलाई कार्यक्रममा जान नदिएर त्यो सम्भावना टारेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *