१,
प्रत्येक साँझ
ओइलिएको घाम
खिच्छ जीवन लिला ।
समय चक्र
दौड्यो दिन र रात
छोटिँदै छ समय ।
२,
भड्केको मन
औँसीको मध्यरात
निद्रा बन्यो उज्यालो ।
टाेलाई बस्दा
अँध्यारोले जिस्कायो
आफैँदेखि लजाएँ ।
३,
अमूल्य समय
सहिदको क्रान्तिले
लेखेको इतिहास ।
स्वाभिमान भएर
गौरव गर्दै
बाँचेको राष्ट्रियता ।
४,
खराब बानी
रिसराग छाडेर
सुरुवात आफैँमा ।
राम्रो सोचाइ
भाइचारा सम्बन्ध
अमूल्य जीवनमा ।
५,
लाग्यो सपना
सम्झिएको पुरानो
आसु झार्दै मुर्छित।
बाचा कसम
फाटिएको सम्बन्ध
खल्लो बनेको मन ।
६,
लागेको दशा
अन्यौल भुमरीमा
ठडिन नै मुस्किल ।
तनाव बोक्दै
जीवनको यात्रामा
बामे सर्न सकस ।




