१,
भारी नै पोख्यो
सम्झना फुकाउँदा
घोच्यो काँढाले !
२,
ऐनामा दाग
सम्झना कोरिएको
उडेको रङ !
३,
सम्झना खोज्दा
मुख नै कालो निलो
फुत्त निस्कियो !
४,
चट्याङ पर्दा
सम्झना झस्किएको
झिल्काले पोल्दा !
५,
लम्बेको बाँस
सम्झनाको शृङ्खला
टुप्पो भाँचिदा !
६.
अगाडि हुँदा
नडराउ स्झना
खसाल्दि हाल्छु !




