राजनीति

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न माग गर्दै महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

शुक्रबार अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

रिटमा जसपा नेपालको हेरफेरसहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने भन्दै अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *