विशेष समाचार

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

काठमाडौं । एमाले सांसद भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।

एमाले अध्यक्ष केपी ओलीसँग पटक–पटक भएको छलफलपछि रावल राजीनामा फिर्ता गर्न राजी भएको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधिसभा सदस्यबाट राजीनामा गरेका थिए । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको उनले प्रतिक्रिया दिएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि बुधबार उनको घरमै पुगेर रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *