काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवासमा पुगेका छन् ।
देउवाले सरकारलाई पूर्णता दिन राजनीतिक भेटघाट सुरु गरेका छन् । विश्वासको मत पाएपछि देउवाले गठबन्धनको विश्वास आर्जनको अभ्यास थालेका हुन् । यसका लागि देउवाले प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
प्रचण्डले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव राख्दै आएका छन् । देउवाले भने सत्ता साझेदारीका लागि सबै दललाई समेटेर जान माओवादीबाट समन्वयकारी भूमिकाको खोजी गरेको देउवाका सहयोगी नेताहरूको भनाई छ ।




