राजनीति

एमालेका २२ सांसदको हातमा स्पष्टिकरणपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टिकरण पत्र पठाएको छ । स्पष्टिकरण पत्र पठाइसकेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअअघि माधव समूहका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र सोध्ने निर्णय गरेको थियो । ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि छलफलमा जुटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *