काठमाडौ । केही प्राबिधिक समस्या भएपछि नेकपा एमालेका माधबकुमार नेपाल समुह तत्काल सरकारका सहभागी नहुने भएको छ । संसदलाई जोगाउनको लागी प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिएपनि तत्काल सरकारमा सहभागी हुन प्राबिधिक गठिनाई रहेको हो । प्रधानमन्त्री देउवाले बिश्वासको मत दिएका दलहरुलाई समेटेर साझा कार्यक्रमका साथ मन्त्रिमण्डल बनाउने तयारी गरेतापनि नेपाल पक्षलाई सरकारमा सहभागी हुन समस्या देखिएको हो ।
नेपाल पक्ष सरकारमा सहभागी हुन यी २ आधार एमालेले सिफारिस वा नयाँ दल बन्नुपर्यो आवश्यक हुन्छ । आज बिहान प्रधानमन्त्री देउवा संगको भेटमा नेता नेपालले तत्काल सरकारमा जान प्राबिधिक समस्या रहेपनि सरकारलाई भने पूर्ण सहयोग गर्ने बताएको बुझिएको छ ।




