समाचार

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदकाे बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदको बैठक आज बस्दैछ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित एक होटलमा ती २२ सांसदलाई बोलाएका हुन् ।

पछिल्लो समय विकसित घटनाक्रमका साथै एमालेको संस्थापन पक्षले सोधेको स्पष्टीकरणका बारेमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।

आज बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका माधव नेपालले विश्वासको मत दिने २२ सांसदसँग छलफल गर्न लागेका हुन् ।

माधव नेपालले सरकारमा सहभागिता जनाउने बारेमा टुंगो लागेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ । सोही योजनाअनुसार प्रचण्ड र यादवले नेपालसँग आज बिहान परामर्श गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *