काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ ।
मंगलबार दिउँसो ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । हिजो बसेको एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, २४ घन्टा बितिसक्दा पनि एमालेले सोधेको स्पष्टीकरण पत्र सांसदहरूसमक्ष पुगेको छैन । आजको बैठकले माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।
एमाले अध्यक्ष केपी ओली पक्षमा देखिएका आठजनासहित कुल २२ एमाले सांसदले वरिठ नेता माधव नेपालको नेतृत्वमा देउवालाई विश्वासको मत दिएका थिए । केन्द्रीय कमिटीको जारी १०औं बैठकमा नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन् ।




