देश

ओली जेठ २ कै अवस्थामा फर्के, तर माधव पक्षद्वारा एमाले केन्द्रीय कमिटी बैठक बहिष्कार

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको छ ।

आजको बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका बिषयमा व्यापक छलफल हुनेछ । बैठकले वरिष्ठ नेता माधव नेपालसहित २२ जनालाई कारबाही हुन सक्ने अनुमान छ । पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका थिए ।

स्थायी कमिटी बैठकले यसअघि पार्टीको निर्णयविपरित देउवाको पक्षमा मतदान गरेमा त्यस्ता सांसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । त्यसैले मत दिने २२ सांसदलाई कारबाही हुने अनुमान गरिएको हो ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटी बैठक २०७५ जेठ २ अघिको अवस्थामा आज बोलाएका छन् । तर, माधव नेपाल समूहले आजको बैठक पनि बहिष्कार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *