काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन । प्रतिनिधिसभा पुर्नस्थापना भएपछि २०७८ असार २८ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाले सात दिनपछि संसदको पहिलो बैठकबाट विश्वासको मत पाएका हुन ।
आइतबार प्रतिनिधिसभामा उपस्थित २४९ जना सांसद मध्ये १६५ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । विपक्षमा ८३ मत मात्र खसेको थियो । हुन्न भन्ने पक्षमा १ मत खसेको थियो ।
नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन ।
प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रय जनमाेर्चा पार्टी, एमाले ओली र माधव कुमार नेपाल समुहका केही सांसदहरुले विश्वासको मत दिएका थिए ।
यस अघि तत्निकालिन प्रधानमन्त्री केपी ओलीले गत ७ जेठको मध्यराति ओलीले प्रतिनिधि सभा विघटन गरेपछि २८ असारमा सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापित गरिदिएको थियो ।




