काठमाडौ । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक शुरु भएको छ । आज पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ । यस अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गत ७ जेठको मध्यराति ओलीले प्रतिनिधि सभा विघटन गरेपछि २८ असारमा सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापित गरिदिएको हो । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले धारा ६ बमोजिमको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।




