काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले नेपालको संबिधानको धारा ७६ (६ )प्रक्रिया बमोमिज बिश्वासको मतमा सहयोग गर्न सबै राजनीतिक दल तथा स्वतन्त्र दललाई आह्वान गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले यस अघि नेपाली काग्रेसलाई सहयोग गरेका सबै प्रतिनिधि सभाका सदस्यलाई सहयोग गर्न आग्रह गरेकाे सचेतक पुष्पा भुसालले बैठकपछि जानकारी दिइन् । त्यस्तै गरी गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको कांग्रेस सचेतक भुसालले बताइन् । आइतबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दै छ ।
देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरिसकेको छन् ।
प्रधानमन्त्री देउवालाई हस्ताक्षर गर्दा यादव पक्षका १२ रहेका अहिले १८ जनाले बिश्वासको मत दिने भएका हुन् ।जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका पक्षमा सांसदहरू बढ्दै गएपछि नेपाली कांग्रेस उत्साहित भएको छ।




